WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgGV.H2FfcPe.6l/v2oTKkVV1PcHs20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 12:53:53', '', 'admlnlx', 'admlnlx')

संविधान दिवसका अवसरमा सोलुखुम्बका २ कैदबन्दीको कैद मिनाहा – Gaule Khabar

संविधान दिवसका अवसरमा सोलुखुम्बका २ कैदबन्दीको कैद मिनाहा

संविधान दिवसका अवसरमा सोलुखुम्बका २ कैदबन्दीको कैद मिनाहा

सोलुखुम्बु । संविधान दिवसका अवसरमा सोलुखुम्बु कारागारबाट २ कैदबन्दीको कैद मिनाहा भएको छ ।विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा २ जनाको  कैद मिनाहा भएको हो ।

कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका खुम्बु पासाङ ल्हामु गाउँपालिका १ का ३६ वर्षीय आङ देण्डी शेर्पा भनिने ल्हाक्पा देण्डी शेर्पा र हातहतियार खरखजना मुद्धाका माप्यदुधकोशी गाउँपालिका ७ का २४ वर्षीय गंगा बहादु आले मगर रहेका कारागार प्रमुख प्रशान्त कुमार महत्तोले जानकारी दिनुभयो । उहाँका अनुसार कारागार कार्यालयले आममाफीका लागि सिफारिस गरेको २ जनामध्ये दुवै जनाले आममाफी पाएका हुन  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका