सेल्फ डिफेन्स सम्बन्धि नेपालको तेश्रो अन्तराष्ट्रिय सेमिनार शुरु

सेल्फ डिफेन्स सम्बन्धि नेपालको तेश्रो अन्तराष्ट्रिय सेमिनार शुरु

काठमाण्डौं । नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा अन्तराष्ट्रिय सेमिनार शुरु भएको छ । संघले आज एक पत्रकार सम्मेलनको आयोजना गरी महिला हिंसा विरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार शुरु भएको जानकारी गराएको हो ।

सन् २०१६ मा स्थापनाभई आत्मरक्षा सम्बनि्ध बिभिन्न सिप प्रदान गर्दै आएको यस संघले आफ्नो उद्धेश्यलाई अझ फराकिलो बनाउदै लैजाने क्रममा तेश्रो अन्तराष्ट्रिय सेमिनारको आयोजना गरेको जनाएको छ । बिषेशतः महिला तथा किशोरीहरुलाई आफ्नो सुरक्षा हेतु आत्मरक्षा सम्बनि्ध बिभिन्न सिप आवश्यक्ता रहेको कुरालाई मध्यनजर गर्दै स्थापनाको सातौं बर्षसम्म आईपुग्दा यस संघले देशका बिभिन्न स्थानमा हजारौं महिला, किशोरी तथा अन्यलाई प्रशिक्षण प्रदान गरेको संघका महासचिव नुतनश्रेष्ठले जानकारी दिए ।

भाद्र २५ बाट२९ गतेसम्म संचालनहुने सेमिनारमा अन्तराष्ट्रिय सेल्फ डिफेन्सका संस्थापकअध्यक्ष पोल्याण्डका स्टानिस्ल म्याजर्याक, अन्तराष्ट्रिय कम्ब्याट मार्शल आर्टस् सोसाईटीका संस्थापक भारतका जगदिश सिंह खत्रीले सेल्फ डिफेन्सका नेपाली प्रशिक्षक एवं प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ । सो प्रशिक्षण कार्यक्रममा १०० जनासम्म प्रशिक्षक प्रशिक्षण तथा ३ सयभन्दा बढी बिद्यार्थी तथा अन्यलाई सहभागि गराउने उद्धेश्य रहेको संघका अध्यक्ष डि.वि. रानापालले जानकारी दिए । कार्यक्रममा आत्मबल जागृत गराउने, महिलाहरुलाई सवल र सक्षम बनाई घरेलु तथा लैंगिक हिंसा न्युनिकरण गर्ने, आकसि्मक हमला, सामुहिक झगडा, बलात्कार, बिभिन्न हिंसा न्युनिकरणका लागि जानकारी आदानप्रदान गरिने छ ।

भाद्र २८ र २९ गते राष्ट्रिय खेलकुद परिषद् परिसर दशरथ रंगशालामा आयोजना गरिने उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बिभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागिहरु उपस्थितहुने सेल्फ डिफेन्सका नेपाल ब्रान्चचिफ एवं प्रमुख प्रशिक्षण सञ्जु मर्हजनले जानकारी गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका