WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN5lOYLe0VfTTD6VwF9/ecvxNBGMaC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 01:16:06', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुबाट संघको प्रत्यक्षमा शेर्पा र समानुपातिकमा केसीको नाम सिफारिस – Gaule Khabar

सोलुखुम्बुबाट संघको प्रत्यक्षमा शेर्पा र समानुपातिकमा केसीको नाम सिफारिस

सोलुखुम्बुबाट संघको प्रत्यक्षमा शेर्पा र समानुपातिकमा केसीको नाम सिफारिस

काठमाण्डौ । नेपाली काँग्रेस सोलुखुम्बुले मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय सभापतिहरुको संयुक्त बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टी केन्द्रीय सदस्य तथा पुर्व मन्त्रि बलबहादुर केसी सहित आठ जना नेताको नाम सिफारिस गरिएको जिल्ला कार्य समितिले जनाएको छ ।

२०४८ साल पछि लगातार छ पटकसम्म टिकट लिइसक्नुभएका केन्द्रीय सदस्य केसीले अघिल्लो आम निर्वाचनमा आफु अन्तिम पटक मात्रै चुनाव लडेको भन्दै मतदाता समक्ष जानु भएको थियो । उहाँले आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा सहभागि नहुने घोषणा गरेको र पार्टीभित्र समेत पुस्तान्तरणको एजेन्डा अघि बढेकाले केसीको नाम समानुपातिकको पहिलो नम्बरमा समावेश गरेको सभापति शेर्पाको भनाइ छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पुर्व सभासदहरु पुरुषोतम बस्नेत र गोकर्ण राई, पुर्व पार्टी सभापति प्रभुराम बस्नेत, महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पा, धर्मबहादुर नेपाली र युवा नेतृ राधिका श्रेष्ठको नाम प्रदेश कार्य समितिमा सिफारिस गरिएको छ ।

दुवै प्रदेश सभा क्षेत्रीय समितिको सिफारिसको आधारमा केही परिमार्जन गरि प्रदेश सभा क र ख मा उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला कार्य समितिले जनाएको छ । प्रदेश सभा क मा प्रत्यक्षतर्फ पुर्व पार्टी सभापति विनोदकुमार बस्नेत, पार्टी सचिव भालकाजी कुलुङ, युवा नेता गणेशबहादुर बस्नेत, महाधिवेसन प्रतिनिधि कुसराज राई, नेताहरु रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेश क कै समानुपातिकतर्फ पुर्व पार्टी सभापति छत्रध्वज बस्नेत, पार्टी नेताहरु नातिकाजी गुरुङ, सरला नाछिरिङ, गिता गुरुङ, रिना उप्रेती केसी, जिवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा ख मा प्रत्यक्षतर्फ प्रदेश सभापति कर्मा शेर्पा र पार्टी नेताहरु प्रेमबहादुर थापामगर र साङ्गाबहादुर राईको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरिएको छ । महिला संघकी निवर्तमान सदस्य डोल्मा तामाङ, पार्टी उपसभापति फुदोर्जी शेर्पा, पार्टी नेताहरु पासाङ शेर्पा, मनोज खड्का, टङ्कीमाया बस्नेत, मङ्गलसिं तामाङ, सानुमाया राजभण्डारी, राजनजंग बस्नेत र लाक्पानुरु शेर्पा रहेका छन् ।!

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका