काठमाडौँ,माघ ८ –
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकार निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले ‘संविधान संशोधन र निर्वाचनको सन्दर्भ’ विषयमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री खड्काले निर्वाचन सम्पन्न गर्न भने सर्वपक्षीय सहमतिको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले निर्वाचन संविधान कार्यान्वयनको पहिलो सर्त हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले)का नेता रघुवीर महासेठले हाल संविधान कुनै पनि हालतमा संशोधन नहुने ठोकुवा गर्नुभयो । – रासस