सोलुखुम्बु । नेपाली काग्रेस सोलुखुम्बुले प्रदेश सभा ‘ख’ को प्रबक्तामा गंगा बहादुर खालिङलाई मनोनयन गरेको छ । माप्यदुधकोशी गाउँपालिका ७ का खालिङलाई प्रदेश सभा सदस्यमा मनोनित गरी प्रबक्ताको जिम्मेवारी दिएको हो ।
शनिबार माप्यदुधकोशी गाउँपालिका ४ मा सम्पन्न बैठकले खालिङ लगायत पालिकास्तरीय संगठन विस्तारका लागी संयोजक समेत छनौट गरेको छ ।प्रदेश सभा ख का सभापति कर्मा शेर्पाको सभापतित्वमा सम्पन्न बैठकले सल्लहाकार समिती संयोजकमा पनि चयन गरेको छ । खुम्बुपासाङल्हमु गाउँपालिका १ का प्रेम थापा मगरलाई चयन गरेको छ भने सदस्यहरुमा खुम्बुपासाङल्हमुका आङ छिरिङ शेर्पा, माप्यदुधकोशीका साङ्ग बहादुर राई र भोजराज कार्की, सोलुदुधकुण्ड नगरपालिका आङकाजी शेर्पा र लिखुपिके गाउँपालिकाका रामबहादुर बस्नेतलाई चयन गरेको छ ।