काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिकामा ग्रामिण आखाँ क्लिनिकको उद्धघाटन गरिएको छ । वडा नम्बर ६ मुक्लीमा आवश्यक स्वास्थ्यकर्मी, उपकरण तथा औषधि जुटाएर ग्रामिण आँखा उपचार क्लिनिक स्थापना गरिएको हो । थुलुङ दुधकोशी गाउँपालिका, तिलगंगा आखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको संयुक्त पहलमा आखाँ केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईले उद्धघाटन कायर्यक्रमलाई सम्बोधन गर्दे ग्रामीण आँखा क्लिनिक केन्द्रले पालिका भित्रका नागरिकहरुको आँखासम्बन्धीका समस्या पालेर बस्नुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे ।
सामुदायिक आखा केन्द्रको पहलमा हिमालयन मोतिबिन्दु परियोजनाको १० लाख बराबरको उपकरण व्यवस्थापनमा क्लिनिक स्थापना गरिएको हो । यो सहित जिल्लामा ५ स्थानीय तहमा ग्रामिण आँखा क्लिनिकको स्थापना भइसकेकोे सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए । सोलुदुधकुण्ड नगरपालिकामा सामुदायीक आँखा केन्द्र, माप्यदुधकोशी, सोताङ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ग्रामिण आँखा क्लिनिक सञ्चालनमा रहेको छ ।