बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेको हो । प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन ।

अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेको छ । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहनुभएको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका