काठमनण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको हो । भेटका अवसरमा उनिहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो ।