सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बुले सबै स्थानीय तहमा आफ्नो पार्टीको सम्मेलन सम्पन्न गरेको छ । उसले गत कार्तिक ११ गतेबाट खुम्बु पासाङल्हामु गाउँपालिकाबाट सुरु गरेर मंसिर १९ गते माप्य दुधकोशी गाउँपालिकाको सम्मेलन सम्पन्न गरेसँगै सबै स्थानीय तहमा वडा तथा पालिका सम्मेलन सम्पन्न गरेको हो ।
गत कार्तिक १३ लुक्लामा सम्पन्न सम्मेलनले दीपक भुजेलको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चिर्वाचित गरेको थियो । ५ वडा रहेको उक्त गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा लाक्पा ग्याल्जेन शेर्पा, वडा नं. २ को अध्यक्षमा धनकुमार तामाङ, वडा नं. ३ को अध्यक्षमा ङवाङ लाक्पा शेर्पा, वडा नं. ४ को अध्यक्षमा पासाङ नुरु शेर्पा र वडा नं. ५ को अध्यक्षमा गेलु शेर्पा निर्वाचित भएका छन् । त्यसैगरि मंसिर १० गते सल्लेरी सदरमुकाममा सम्पन्न नगर सम्मेलनले दीपक श्रेष्ठ (रक्की)को अध्यक्षतामा ६५ सदस्यीय नगर समितिलाई निर्वाचति गरेको छ । ११ वडा रहेको नगरपालिकामा वडा नं. १ को अध्यक्षमा रामबीर राई, वडा नं. २ को अध्यक्षमा कान्छा शेर्पा, वडा नं. ३ को अध्यक्षमा टेक बहादुर मगर, वडा नं. ४ को अध्यक्षमा संच राई, वडा नं. ५ को अध्यक्षमा ङिमा शेर्पा, वडा नं. ६ को अध्यक्षमा दावा शेर्पा, वडा नं. ७ को अध्यक्षमा ङिमा गेलु लामा, वडा नं. ८ को अध्यक्षमा ङवाङ गेल्जेन शेर्पा, वडा नं. ९ को अध्यक्षमा साङ्गे तामाङ, वडा नं. १० को अध्यक्षमा धर्मराज मगर र वडा नं. ११ को अध्यक्षमा ललित बहादुर बस्नेत निर्वाचित भएका छन् ।
मंसिर ११ गते सम्पन्न सम्मेलनले लिखुपिके गाउँपालिकामा शंकर बस्नेतको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमितिलाई निर्वाचित गरेको छ । ५ वडा रहेको लिखुपिके गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा छिरी शेर्पा, वडा नं. २ को अध्यक्षमा चरित्रबहादुर थापा, वडा नं. ३ को अध्यक्षमा गोवरधन बस्नेत, वडा नं. ४ को अध्यक्षमा विष्णुबहादुर बस्नेत र वडा नं. ५ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका छन् । मंसिर ११ गते नै नेचा बिहिबारे बजारमा सम्पन्न सम्मेलनले नेचासल्यान गाउँपालिकामा सीताराम भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमितिलाई निर्वाचति गरेको छ । ५ वडा रहेको नेचासल्यानमा वडा नं. १ को अध्यक्षमा जमीन राई, वडा नं. २ को अध्यक्षमा डिक बहादुर राई, वडा नं. ३ को अध्यक्षमा लोकनाथ वास्तोला, वडा नं. ४ को अध्यक्षमा सुरेश राई र वडा नं. ५ को अध्यक्षमा दिवस राई निर्वाचित भएका छन् ।
त्यसैगरि मंसिर १५ गते सम्पन्न सम्मेलनबाट सोताङ गाउँपालिकामा गोविन्द नाछिरिङ राईको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति निर्वाचत भएको छ । ५ वडा रहेको उक्त गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा सन्तोष गुरुङ, वडा नं. २ को अध्यक्षमा पेम्बा शेर्पा, वडा नं. ३ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, वडा नं. ४ को अध्यक्षमा बीरबहादुर राई र वडा नं. ५ को अध्यक्षमा टेक बहादुर राई निर्वाचित भएका छन् । मंसिर १६ गते सम्मपन्न सम्मेलनले महाकुलुङ गाउँपालिकामा बिरेन्द्र कुलुङको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमितिलाई निर्वाचित गरेको छ । ५ वडा रहेको महाकुलुङको वडा नं. १ को अध्यक्षमा सुमन किराती, वडा नं. २ को अध्यक्षमा चम्फाबीर विश्वकर्मा, वडा नं. ३ को अध्यक्षमा सरोज कुलुङ, वडा नं. ४ को अध्यक्षमा सूर्य कुलुङ र वडा नं. ५ को अध्यक्षमा धन भाग्य निर्वाचित भएका छन् ।
मंसिर १८ गते मुक्लिमा सम्पन्न सम्मेलनले थुलुङ दुधकोशी गाउँपालिकामा दिलबहादुर नेपाली (घनश्याम)को अध्यक्षतामा ५५ सदस्यीय कार्यसमितिलाई निर्वाचित गरेको छ । ९ वडा रहेको थुलुङ दुधकोशीको वडा नं. १ को अध्यक्षमा एकराज कार्की, वडा नं. २ को अध्यक्षमा शम्भु बस्नेत, वडा नं. ३ को अध्यक्षमा नारायण निरौला, वडा नं. ४ को अध्यक्षमा हर्कराज राई, वडा नं. ५ को अध्यक्षमा प्रकाश राई, वडा नं. ६ को अध्यक्षमा मोहन कुमार राई, वडा नं. ७ को अध्यक्षमा हरिचन्द्र राई, वडा नं. ८ को अध्यक्षमा सुवास बस्नेत र वडा नं. ९ को अध्यक्षमा सनकुमार तामाङ निर्वाचित भएका छन् । त्यसैगरि जिल्लाको अनि्तम सम्मेलनका रुपमा माप्य दुधकोशी गाउँपालिकाले मंसिर १९ गते खास्ताप बासामा प्रमथ सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले प्रकाश खालिङ राईको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमितिलाई निर्वाचित गरेको छ । ७ वडा रहेको माप्य दुधकोशीमा वडा नं. १ को अध्यक्षमा मणिराम राई, वडा नं. २ को अध्यक्षमा मनोज राई, वडा नं. ३ को अध्यक्षमा निरु राई, वडा नं. ४ को अध्यक्षमा बिषण राई, वडा नं. ५ को अध्यक्षमा डिकशेर राई र वडा नं. ६ को अध्यक्षमा भिमराज राई निर्वाचित भएका छन् । वडा नं. ७ मा भने तयारी नपुगेको भन्दै वडा सम्मेलन स्थगित गरएिको माओवादी केन्द्रका नेता गौरब राईले जानकारी गराए ।
माओवादी केन्द्रको यही मंसिर २५ गते मोरङमा प्रदेश सम्मेलन आयोजना हुँदै छ । उक्त प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत स्थानीय सम्मेलनले नै तोकिसकेको छ । पार्टीको विधानले संघीय संरचनालाई आत्मसात गरेको भन्दै स्थानीय समितिहरुलाई उसले कार्यकारी अधिकार प्रदान गरेको छ । पार्टीको विधानअनुसार जिल्लामा पार्टीको समन्वय समिति मात्रै रहने भएकाले जिल्ला सम्मेलन नहुने र कार्यकारी अधिकार सिधै स्थानीय समितिलाई प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ ।