काठमाण्डौ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम स्थित सोमबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष असिम राई र आर्थिक सहयोगीदाता स्टे एट स्कुल नेपालका अध्यक्ष विपुल मानन्धरले संयुक्त रुपमा जनता माविको छात्राबास उद्घाटन गरिएको छ ।
स्टे एट स्कुल नेपालको १ करोड ७७ लाख २८ हजारको लागतमा बनेको छात्राबासमा ४८ जना विद्यार्थी अट्नेछन् ।
पालिका अध्यक्ष असिम राईले गाउँपालिका भित्रका ५३ वटा विद्यालय मध्ये जनता मावि लोखिम नमुना रहेको र सोहि विद्यालयको संरचना व्यवस्थित बनाउन स्टे एट स्कुल नेपाल सँग सहकार्य गरिएको बताए । लोखिमका वडाध्यक्ष भुपाल सिंह राईले भौतिक संरचना सँगै अब शैक्षिक गुणस्तर बृद्धि हुने विश्वास लिईएको बताए ।
छात्रबास बनेसंगै यस अघि कोठा भाडामा लिई बसेका विद्यार्थीलाई सहज हुने विश्वास लिईएको छ । ।