WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BK7xRzkis2HXDVGsvl1BH9hOsJic8g1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 01:09:26', '', 'admlnlx', 'admlnlx')

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा – Gaule Khabar

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा

काठमाण्डौ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा एमाले का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताएको थियो ।

शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा आलीसँग समेत सल्लाह गरेको र उहाँले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिनुभएको भन्दै राजीनामा दिने बताए ।

पाँच दलीय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिने उहाँको भनाइ थियो । उहाँले राजीनामा दिने निश्चित भएपछि यस प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका