बिराटनबगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । एक हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ तथा ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा चार, सङ्खुवासभामा तीन, धनकुटामा दुई तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो । स्थानीय पालिका अनुसार झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२÷१२, मेचीनगरमा आठ, दमकमा सात, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा तीन तीन, बाह्रदशीमा दुई तथा शिवसताक्षी र झापा गाउँपालिकामा एक÷एक सङ्क्रमित थपिएका छन् ।
मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६÷६, लेटाङ र उर्लाबारीमा दुई÷दुई तथा बूढीगङ्गा र कटहरीमा एक एक, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा चार, इनरुवा र रामधुनीमा दुई दुई, गढीमा एक, इलामको चुलाचुलीमा तीन, इलाम नगरपालिकामा दुई र सूर्योदयमा एक, पाँचथरको फिदिममा दुई, फाल्गुनन्द र स्थानीय तह नखुलेका एक एक, सङ्खुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका एक एक, धनकुटाको धनकुटा नगरपालिका र पाख्रीबासमा एक÷एक, ताप्लेजुङ र तेह्रथुममा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज ४७ महिलासहित ११६ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।