चेपाङ विद्यार्थीलाई ल्यापटप

चेपाङ विद्यार्थीलाई ल्यापटप

चितवन, पुस १–
गमवेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाहरुका लागी ल्यापटप सहयोग गरिएको छ । सपना भिलेज लजमा कार्यरत नारायण पुरीले केन्द्रका वालवालिकाहरुका लागी दुई वटा ल्यापटप सहयोग गरेका हुन् ।
विदेशी साथीहरुले दिएको सो परिमाणको ल्यापटप उनले केन्द्रका वालवालिकाहरुको क्षमता अभिवृद्धीका लागी भन्दै सहयोग गरेका हुन् । केन्द्रमा आयोजित कार्यक्रममा नारायण पुरी र पत्रकार होमनाथ सापकोटाले वालवालिकाहरुलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सो अवसरमा पुरीले विदेशी साथीहरुको सहयोगमा उपलव्ध ल्यापटप वालवालिकाहरुलाई प्रदान गरिएको र आगामी दिनमा पनि सहयोग गर्न आफु तयार रहेको वताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ