सोलु काँग्रेसको वडा अधिवेशन, ४ वडामा मतदान, एकमा विवाद

सोलु काँग्रेसको वडा अधिवेशन, ४ वडामा मतदान, एकमा विवाद

नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तरगत सोलुखुम्बुको अधिकाम्स वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । सोलुखुम्बुमा ८ वटा स्थानीय तहमा ५२ वडा रहेको छ । अधिकाम्स वडामा सर्वसहमत नेतृत्व चयन भए भने चार वटा वडामा मतदान भएको र एउटा वडामा विवाद भएको निर्वाचन अधिकृत कैलाश गुरुङले बताए ।

गरुङका अनुसार सोलुदुधकुण्ड नगरपालिका ७ मा विवाद भएको छ । थुलुङ दुधकोशी गाउँपालिका २ मा आज मतदान जारी रहेको छ । माप्यदुधकोशी गाउँपालिका ६ मा पदाधिकारी सर्वसहमत छानिए पनि वडा सभापतिमा आज मतदान हुने छ ।

नेचासल्यान गाउँपालिका ३ र सोलुदुधकुण्ड नगरपालिका ११ मा निर्वाचन भएको अधिकृत गुरुङले जानकारी दिए । बाँकी वडाहरुमा सर्वसहमत भएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका