Gaule Khabar
बुधबार, भदौ १, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

अपडेटः तेह्रथुम बस दुर्घटनामा तीनजनाको मृत्यु

  • admin
  • आइतवार, मंसिर २६, २०७३
अपडेटः तेह्रथुम बस दुर्घटनामा तीनजनाको मृत्यु

तेह्रथुम, मंसिर २६–

तेह्रथुमको जिरीखिम्ती–म्याङ्लुङ सडकखण्डअन्तर्गत म्याङ्लुङ–१ गढीभिरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

यसअघि पाँचजनाको मृत्यु भएको बताइए पनि तेह्रथुम प्रहरीले पुनः सच्याएर तीनजनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा तेह्रथुम सिम्ले–४ की ४५ वर्षीया कालीमाँया लिम्बू, सोही स्थान बस्ने ६६ वर्षीय गुमानसिंह लिम्बू र सङ्खुवासभा–४ बस्ने अञ्जली याख्खा रहेका छन् ।

दुर्घटनामा परी अरु २६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका नौजनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

ट्रकलाई साइड दिनेक्रममा बस भिरबाट खसेको चालकले प्रहरीसमक्ष बयान दिएका छन् । उनी सामान्य घाइते छन् । चालक बमबहादुर पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरानबाट तेह्रथुमको औँसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार थिए । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ