WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BX.2Q1QQdVXbptztxc/xafOyR8Oumi/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:16:04', '', 'admlnlx', 'admlnlx')
ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।
नाताले काका ससुरा र बुहारी छुट्टाछुट्टै स्थान तथा समयमा मृत अवस्थामा भेटिएका हुन् । बुधबार दिउँसोदेखि बेपत्ता बनेकी ३६ वर्षीया बिमला बस्नेत बेलुका घाँटीमा प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएको बताएको छ । आज विमलाका काका ससुरा पर्ने घनस्याम बस्नेत पासो लगाई झुण्डिएको अवस्थामा भेटेका छन् । विमलालाई बेलुका करिब ९ः०० बजे घर नजिकैको जङ्गलमा घाँटीमा डोरीले बाँधिएको र भुईमा लतारिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । विमलाको शव परीक्षणका लागि आज जिल्ला अस्पतालमा ल्याइएको छ । घटनास्थलबाट प्रहरीको टोली फर्किएको केहिबेरमा नै विमलाका काका ससुरा पर्ने घनस्याम पनि घर नजिकैको जङ्गलमा मृतावस्थामा भेटिएको स्थानीयवासी विजय डाँगीले जानकारी दिए। रासस