WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtgFB8.miHf5qo4D4axbn23dGB1SIr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 11:06:09', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका २ ठूलोढुंगा स्थित चन्द्रोद्धय आधारभूत विद्यालयमा आधारभूत तह (कक्षा ८ सम्म) को अध्यापन सुरुवात गरिएको छ ।
शुक्रबार एक समारोहबीच माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आधारभूत तहको औपचारिक उद्घाटन गर्दै गर्नुभएको हो ।
उक्त विद्यालय विसं २०४० सालमा स्थापना भएको हो । विद्यालयका प्रधानाध्यापक प्रदिप राईकाअनुसार २०७५ सालमा कक्षा ६ र ७ सञ्चालन गरेपछि २०७७ मा पूर्ण रुपमा आधारभूत तह (कक्षा ६,७ र ८ सम्म) सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्व. चन्द्र बहादुर राईको स्मृतिमा २ लाख ५५ रुपैयाँको शैक्षिक अक्षयकोषसमेत स्थापना गर्नुभयो । पूर्व प्रधानाध्यापकसमेत रहनुभएका स्व. चन्द्र बहादुर राई गाउँपालिका अध्यक्षका राईका सहोदर दाई हुन ।
उद्घाटन काय्रममा गाउँपालिकाकी उपाध्यक्ष जुनिता माया मगर, नेता मानबीर राई, वडा नम्बर २ का वडा अध्यक्ष तेज बहादुर थापा मगर, गाउँपालिका शिक्षा समिति सदस्य नौराज राई, पर्यटन व्यवसायी अमृत कुमार राईलगायतको उपस्थिति रहेको थियो ।