खुम्बु ल्होसार कपको १२ औँ संस्करण शुरु

खुम्बु ल्होसार कपको १२ औँ संस्करण शुरु

काठमाण्डौ । खुम्बु ल्होसार कपको १२ औँ संस्करण काठमाण्डौँ स्थित सानो गौचरण खेलमैदानमा शनिबार देखि शुरु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिका क्षेत्रमा स्थापना भएका यूवा समूहहरुले बर्षेनी आलोपालो आयोजना गर्दै आएको खुम्बु ल्होसार कपको १२ औँ संस्करण शुरु भएको हो ।

नाम्चे यूवा समूहको आयोजनामा सन्चालन भएको कार्यक्रमको खुम्बु पासाङ्गल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाले उद्घाटन गरे । शेर्पा संस्कृति र पहिचानलाई देशै भरी चिनाउन खेलकुदले महत्वपूर्ण भुमिका खेलेको पनि उपाध्यक्ष शेर्पाले बताए ।

फुटबल प्रतियोगीतामा खुम्बु क्षेत्रको आठ टिम बिच प्रतिस्प्रर्धा रहेको छ । प्रतियोगीताका विजेताले नगद एक लाख पुरस्कार प्राप्त गर्नेछ । प्राप्त पुरस्कारमध्ये २५ हजार आगामी बर्षको आयोजक समूहलाई हस्तान्तरण गर्नुपर्ने परम्परा रहेको छ । उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्दा तृतीय टिमले नगद २५ हजारमा चित्त बुझाउने छ ।

खुम्बु स्थायी बसोबास भएका यूवाहरुलाई एकअर्कामा परिचित गराउने र भातृत्व कायम राख्नको लागि राजधानीमा फुटबल प्रतियोगीताको आयोजना गरिएको नाम्चे यूवा समूहका अध्यक्ष पाल्देन शेर्पाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका