सोलुखुम्बुमा गाडी दुर्घटना, ३ जनाको ज्यान गयो

सोलुखुम्बुमा गाडी दुर्घटना, ३ जनाको ज्यान गयो

सोलुखुम्बु । सोलुखुम्बुको महादेव भिरमा भएको दु’र्घटनामा ज्या’न गुमाउने ३ जनाकै परिचय खुलेको छ ।

आइतबार राती करिब ११ः३० को समयमा बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटनामा ज्या’न गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुलेको छैन् ।

हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घा’इते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

आइचर सोलुदुधकुण्ड नगरपालिका ११ तिंला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरबाट करिब ३ सय मिटर तल ख’सेको पत्रकार दिपेन्द्र पराजुलीले जानकारी दिए ।

दुर्घटनाग्रस्त आइचर दुधकोशी सोलुखोला (८६ मेगावाट)जलविद्युत आयोजनाको निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।

सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भिरमा दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

८६ मेगावाटसम्म सामाग्री ढुवानीका लागि तिङलाबाटै पन्चन निस्कन मिल्ने सहज मार्ग भएपनि सल्यान तर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका