सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ बाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । आज मंगलबार बिहान ११ बजे ३५ बर्षिय हर्कसुबी खालिङ राईलाई हेलिकप्टर मार्फत काठमाडौ पठाइएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।
जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चाको जन्म भएपनि अर्को बच्चाको जन्म हुन नसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था जटिल बन्दै गएकाले हेलिकप्टर मार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम माफर्त उक्त्त बिरामीको उद्धार गरिएको छ । बिरामी महिलाको अहिले काठमाडौको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।