WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk376rO/JHCal4Fqao4hUJXKvCzRHu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 09:53:51', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो ।
लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोल रक्षक रहनुभएको थियो ।
सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उहाँ टोलीका महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । शाहीले चार पटक साफ खेल खेल्नुभएको थियो । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उहाँ गोल रक्षक रहनुभएको थियो । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिनुभएको हो ।
उहाँ २०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा महासचिवमा निर्वाचित हुनुभएको थियो । पछिल्लो पटक उहाँ नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहनुभएको थियो । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घका संस्थापक अध्यक्षमा चयन हुनुभएको थियो ।